-10%Sambhyprasad Gyawali
In stock · ships today from Kathmandu
● Language : Nepali ● Publisher : Pairabi Book House ● ISBN : 9789937782265 वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवालीको आत्मवृत्तान्तलाई नेपालको कानूनी इतिहासमा लगभग पहिलो संस्मरण मानिन्छ । प्रस्तुत पुस्तक वि.सं. २००४ देखि २०५५ सालसम्मको नेपालको कानूनी इतिहास तथा छ्यासमिस रूपमा नेपालको समग्र राजनीतिक एवं सामाजिक परिवेशको आँखीझ्याल हो अपिल अड्डामा काम, प्रधान न्यायालयको सदस्य, ३५ वर्षको उमेरमा महान्यायाधिवक्ताको पदभार ग्रहण गरी एघार वर्षभन्दा लामो समयको योगदान, जसमा २०१९ सालको संविधानको निर्माण, नयाँ मुलुकी ऐनको मस्यौदा, सरकारी वकिलको व्यवस्था र त्यसपछि गृह तथा कानूनमन्त्री भएका बखतको राजनीति, नेपाल कानून समाज, न्यायपरिषद् र नेपाल मध्यस्थता परिषद्को व्यवस्थाको जग निर्माणमा संस्थापकका रूपमा अग्रणी भूमिकालगायतका उहाँका यावत कार्यहरू यस किताबको अध्ययनबाट थाहा पाउन सकिन्छ । प्रस्तुत पुस्तकलाई ३ भागमा विभाजित गरिएको छ । शम्भुप्रसाद ज्ञवालीद्वारा लिखित २०५५ सालमा प्रकाशित 'व्यक्ति र विचार' संस्मरण तथा २०३८ सालमा प्रकाशित 'जीवन र कानून' किताबलाई भाग १ र भाग २ मा समावेश गरिएको छ । २०५६ सालमा मल्ल होटेलमा आयोजित 'न्यायाधीशको क्षमता विकास' कार्यक्रममा बोल्दाबोल्दै उहाँ दिवङ्गत हुनुभएपछि केही विशिष्ट व्यक्तिहरूले उहाँको सम्झनामा लेख्नुभएका लेखहरूमध्येका केही लेखका टड्कारो अंशलाई यस पुस्तकको भाग ३ मा समावेश गरिएको छ । यस पुस्तकको स्वाध्ययनबाट आजका कानून व्यवसायीहरूलाई नेपालको कानूनी इतिहास मात्रै नभई एक व्यक्तिको विचार र जीवनले नेपालको कानून व्यवसाय र समग्र कानून समाजलाई के कस्तो प्रभाव पारी आजको अवस्थामा ल्याइपुयाउन भूमिका खेलेको रहेछ भनी इतिहासलाई सम्झी वर्तमान र भविष्यमा कानून समाजलाई थप सबल बनाउन प्रेरणा मिल्नेछ ।
No reviews yet. Be the first to share your thoughts.
No questions yet. Be the first to ask about this book.
Jeewan Prasad Rai
Dr. Surendra Thapa